गुवाहाटी– भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण ७६ जनाको मृत्यु भएको छ । राज्यका ३० जिल्लामा गरी उनीहरुको मृत्यु भएको र अरु ५४ लाखभन्दा बढीलाई असर परेको अधिकारीहरुले जनाएका छन् ।
आसाम राज्यको प्रकोप व्यवस्थापन निकायले शनिबार दिएको जानकारीअनुसार शुक्रबारसम्ममा ५३ हजार ९९ हजार १७ जना प्रभावित भएका हुन् । प्रभावित भएकाहरुका लागि ५ सय ५२ वटा शिविरहरु पनि स्थापना गरिएका छन् ।
त्यसैगरी, झन्डै साढे दुई लाख हेक्टर जमिनमा लगाइएको कृषिजन्य पदार्थ पनि नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् । बाढीका कारण झन्डै ७६ हजार स्थानीय विस्थापित भएका छन् ।