काठमाडौं– पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ कम हुँदै गएको छ । गत २४ घण्टामा ५७ जना संक्रमित देखिएको छन् । बिहीबार १ सय ६७ र शुक्रबार १ सय १ जनामा संक्रमित देखिएको थियो ।
२४ घण्टामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा मोरङका दुई र तेह्रथुमका दुई, कोसी अस्पताल विराटनगरमा इलामका एक र मोरङका ६, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एक र मोरङका एक, नारायणी अस्पताल वीरगञ्जमा बाराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका दुई, नुवाकोटका दुई, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका एक, पर्वतका एक, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका दुई र पाल्पाका दुई, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा दैलेखका एक, दैलेख पिसीआर प्रयोगशाला दैलेखमा दैलेखका चार, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा सल्यानका एक र रुकुमपश्चिमका तीन जनामा कोरोना देखिएको छ ।
डडेल्धुरा अस्पतालमा डडेल्धुराका दुई, बझाङका दुई र डोटीका सात, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा कैलालीका १३ र कञ्चनपुरका एक गरी आज जम्मा ५७ जनामा कोरोना देखिएको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २५ छ । संक्रमणमुक्त भई घर फर्किने र हालसम्म सक्रिय संक्रमण रहने दुवैको जम्मा संख्या १७ हजार ५०२ पुगेको छ । विगत २४ घण्टामा २७ प्रयोगशालामा ३ हजार ३ सय ३१ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
क्वारेन्टिनमा २३ हजार २ सय ७५ जना छन् । आइसोलेसन रहेका संक्रमितको संख्या ५ हजार ८ सय २५ छ । कोभिड–१९ संक्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १०३ रहेको छ ।