मुम्बई – आगामी बिहिबार तथा शुक्रवारका दिन बडिउकका चार ठुला बजेटका चलचित्र प्रर्दशनमा आउने भएका छन् ।
जुलाई ३० र ३१ का दिन लकडाउनको समयकम दर्शकको ध्यान आकर्षित गर्ने उद्देश्यका साथ यी चलचित्रहरु विभिन्न चारवटा ओटीटी प्लटेफर्म मार्फत प्रदर्शन हुनेछन् ।
जसमा विद्या बालनको शकुन्तलादेवी अमेजन प्राइमबाट, विद्युत जामवालको यारा जी फाइवबाट, नवाजुद्दिन सिद्दिकीको रात अकेली है नेटफ्लिक्सबाट र कुणाल खेमुको लुटकेस हटस्टारबाट आउनेछन् ।
ओटीटी एक अनलाइन प्लटेफम हो, जँहा अनलाइन मार्फत चलचित्रहरु प्रर्दशन गरिन्छ ।
ओटीटी प्लेटफर्मबाट २ महिनामा झण्डै तीन दर्जन ठूला चलचित्रहरु प्रदर्शन हुने घोषणा गरिएको छ ।
छोटो समयमा यति धेरै चलचित्र प्रदर्शनमा आउँदा यसले निर्मातालाई घाटामा लैजाने अड्कलबाजी पनि गरिएको छ ।