बागलुङ - गलकोट नगरपालिका वडा नं ७ मल्ममा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । वडा नं ७ स्थित आगाँखेत बामियाँ जोड्ने झोलुङगे पुलको शिलान्यास गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गरेका थिए ।
गलकोट नगरपालिका भित्र सम्पन्न हुन लागेका ५ वटा पुल मध्ये आगाँखेत बामिया जोड्ने झोलुङ्गे पुललाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको गैरेले बताए ।
बिवाईसी बागलुङ र एस डब्लु ए पि को समन्वयमा गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६÷७७ मा विनियोजित ३७ लाख ५० हजारको लागतमा उक्त झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।
आँगाखेत र बामिया जोड्ने उक्त झोलुङगे पुल ६९ मिटर लामो हुनेछ । पुल निर्माण उपभोक्ता समितिले पुल निर्माणको काम एक महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
पुल निर्माण भएपछि बागलुङ सदरमुकाम सम्म सजिलै ओहोरदोहोर गर्ने मिल्ने विश्वास गरिएको छ ।