काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
आइतबार ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक ६ गते सम्मकालागि स्थगित भएको सूचना सार्वजनिक गरेको छ ।
कार्यलय सचिव श्रीराम ढकाल र इश्वरी रिजालको हस्ताक्षर रहेको सूचना जारी भएको छ ।
नेकपामा विवाद बढेपछि १० असारबाट जारी स्थायी कमिटीको पाँचौ दिनसम्म बैठक बसेको थियो । तर १४ असारमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले आफुलाई प्रधानमन्त्रीबाट भारत र नेकपाका नेताहरु हटाउन थालेको बताएका थिए । उनको उक्त अभिव्यक्ति पछि स्थायी कमिटीको बैठकमा नै राजीनामा मागेको थियो ।
विवाद बढेपछि स्थायी कमिटीको बैठक पटक पटक स्थगित हुँदै आएको छ ।