काठमाडौं । भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने सार्वजनिक यातायात केन्द्रीय महासंघ र यातायात व्यवस्था विभागबीच सहमति भएको छ । सोमबार बिहानबाट यातायात सञ्चालन हुने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।
सरकारले असार २६ गतेदेखि नै सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो । व्यवसायीहरुले भने विभिन्न माग राख्दै सवारी साधन सञ्चालनमा ल्याएका थिएनन् । आइतबार भएको छलफलपछि सवारीसाधान सञ्चालन गर्न तयार भएका हुन् ।
अहिले साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायातलगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन् । व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागिसमेत तयारी भइरहेको बताएका छन् ।