काठमाडौं । पछिल्लो २४ घण्टामा १५६ नोभेल कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै कुल कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९२३ रहेको छ ।
रौतहट कैलाली र बाजुरा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला जिल्लामा शून्य संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै देशभरबाट ११ हजार ६९५ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।
देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।