काठमाडौं । कोरोना कहर र देशमा जारी लकडाउनको असर सबै क्षेत्रमा परेको छ । संविधानविद् डा. भीमार्जुन आचार्यले पनि कोरोना कहर नभएको भए आफ्ना २ पुस्तक औपचारिक कार्यक्रम गरेर सार्वजनिक गर्ने सोचेका थिए । तर, समय सहज भएन् । डा. भीमार्जुन आचार्यले आफ्ना २ कृति सामाजिक सञ्जालबाटै सार्वजनिक गरे ।
डा. आचार्यले आईतबार ‘द कन्सेप्ट अफ जुडिसिएल रिभ्यु’ र ‘कन्स्टिच्युसन एन्ड कन्स्टिच्युसननलिम’ नामक २ पुस्तक सार्वजनिक गरेका हुन् ।
संविधानविद् आचार्यले कोरोना महामारीका कारण औपचारिक कार्यक्रम गरी पुस्तक सार्वजनि गर्न नपाएको उल्लेख गरेका छन् । किताब पैरवी प्रकाशनले बजारमा ल्याएको हो ।
सार्वजनिक किताबमा पुस्तकहरुमा नेपालको संवैधानिक इतिहास, न्यायपालिका र न्यायपालिकाको विगत, सर्वोच्च अदालतले गरेका महत्वपूर्ण फैसलाहरुको समीक्षा, संविधान निर्माण प्रक्रिया, मौलिक अधिकार, संवैधानिक सिद्धान्तहरू, प्रेस स्वतन्त्रता, विधिको शासन, न्यायिक पुनरावलोकनलगायतका विषयहरुका बारेमा चर्चा गरिएको छ ।