एजेन्सी – इटालियन सिरी ‘ए’ अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्टसले लाजियोलाई २–१ ले पराजित गरेको छ ।
युभेन्टसको जितमा २ गोल नै रोनाल्डोले गरेको थिए । टुरिन रंगशालमा भएको खेलमा युभेन्टसले ५१ औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । रोनाल्डोको प्रहारलाई लाजियोको डिफेन्डर बास्टोसले ह्यान्ड गरेपछि युभेन्टसले पेनाल्टी पाएको थियो ।
त्यस्तै ५४ औं मिनेटमा थप १ गोल गदैं रोनाल्डाले टिमको र आफ्नो लागि २ गोल गरे । यो संगै रोनाल्डोको यो सिजनमा ३० गोल पुगेको छ । टिमको लागि गरेको उक्त २ गोलले उनले क्लबलाई मात्र जिताएनन् ।
उनी प्रिमियर लिग, ला लिगा र सिरी ‘ए’ मा ५० गोल गर्ने पहिलो खेलाडी बनेका पनि बने । लाजियोका लियोनार्दो बोनुचीलले ८३औं मिनेटमा पेनाल्टीमार्फत गोल १ गोल गरे ।
युभेन्टस्का खेलाडीले सिरो इम्मोवाइललाई फउल गरेपछि लाजियोले पेनाल्टी पाएको हो ।
लिगमा प्रथम स्थानमा रहेको युभेन्टसको ३४ खेलबाट ८० अंक छ भने लाजियोको ६९ अंकको साथ चौंथो स्थानमा छ ।