काठमाडौं - लगातर केही दिनदेखि परेको पानीको कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च छ ।
पानीको सतह बढेसंगै हाल ब्यारेजको ५६ वटा ढोका मध्ये ४८ वटा ढोका खोलिएको छ ।
सप्तकोशीमा पानीको बहाब यो वर्षकै उच्च भएपछि स्थाीय प्रशासनले तटीय क्षेत्रमा रहेका नागरिकलाई सर्तक रहन आग्रह गरेको छ ।
मंगलबार बिहान मापन गरिए अनुसार अहिले ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।