कोभिड–१९ का कारण बन्द रहेको अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली अर्थात आईएलटिएस परिक्षा पुनः सुचारु भएको छ । लकडाउनका कारण करिव ४ महिनादेखी बन्द भएको परिक्षा यहि साउन १० गतेबाट पुनः सुचारु हुनेछ ।
नेपालमा आईएलटिएस परिक्षा सञ्चालन गर्दै आएका आईडीपी र ब्रिटिश काउन्सीलले शिक्षा मन्त्रालयसँग ताकेता गरेपछि सशर्त परिक्षा सञ्चालन गर्ने अनुमती पाएको हो । ‘‘१० गतेको लागि त सिट नै प्याक भइसक्यो’’, आईडिपी आईएलटिएसका नेपाल प्रमुख कबीर खड्गीले भने, ‘‘पर्याप्त सुरक्षा सावधानी अपनाउदैँ टेस्ट सञ्चालन हुनेछ ।’’ उनले अब नियमित रुपमा पहिले जस्तैगरी परिक्षा हुने स्पष्ट पारे । ‘‘स्पीकिङ्को टेष्ट भने भिडियोमार्फत हुनेछ’’, खड्गीले थपे।
आईएलटिएस परिक्षा नियमित हुने भएपछि परामर्श व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् । ‘‘हामी परामर्श व्यवसायीहरुको लागि यो राम्रो संकेत हो’’, पुतलीसडकस्थित ग्लोबल हब एजुकेशनल कन्सलटेन्सीका सञ्चालक तथा निर्देशक विष्णु पोख्रेलले भने, ‘‘अब बिस्तारै अन्य गतिविधीहरु पनि सुचारु हुँदै जाने आशा छ ।’’
यस्तै नेपाली विद्यार्थीहरुको लागि आकर्षक गन्तव्यको रुपमा चिनिएको अष्ट्रेलीयाले पनि विद्यार्थी भिषालाई सहज बनाउने किसीमको व्यवस्था ल्याएको छ। पढ्नुहोस पुरा समाचारः अष्ट्रेलियाले विद्यार्थी भिषा झनै सहज बनाउँदै