काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्ने भएको छ । आज बिहान ११ बजे बोलाइएको बैठक दिउँसाे १ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नेकपाको स्थायी कमिटी बैठक १० असारबाट सुरु भए पनि विवादका काररण स्थगित हुँदै आएको छ ।
आज पनि नेताहरु १ बजेसम्म आन्तरिक छलफलमा रहनेछन् । बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो ।
स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि बैठक स्थगित हुँदै आएको छ ।