काठमाडौं– नेपाली कांग्रेसले आज बिपी कोइरालालाई जुममार्फत सम्झिएको छ । कांग्रेसले जुम एपमार्फत एक कार्यक्रम गरेर बिपीको ३८औं स्मृति दिवस सम्झिएको हो ।
नेपाली कांग्रेसका सभापति देउवाले कोरानाको महामारीका कारण जुमबाटै श्रद्धासुमन चढाउनुपरेको बताए । देउवाले बिपीले पदभन्दा सिद्धान्तलाई बढी महत्त्व दिएको सुनाए । उनले अनुसार बिपीका बारेमा थप खोज अनुसन्धान गरेर उनकै विचार र सिद्धान्तअनुसार पार्टीलाई अगाडि बढाउने बताए ।
त्यस्तै, नेता प्रदीप गिरीले आजको पिँढीले बिपीबाट धेरै प्रेरणा लिनुपर्ने बताए । उनले बिपीको विचार र सिद्धान्त पार्टीले आत्मसात् गर्नुपर्ने बताए । कांग्रेसको आधिकारिक फेसबुक पेजबाट सुरु भएको अनलाइन कार्यक्रम १ घण्टासम्म चलेको थियो ।