काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली उपस्थित नभएकाे स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए । उनले भने, 'अध्यक्ष तथा प्रधानमन्त्री किन आउनुभएन, थाहा भएन । अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसेको हो ।’
स्थायी कमिटी बैठक केही समय बसेर स्थगित भएको छ । बैठकले देशभर अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित व्यक्तिकाे उद्धार र राहतमा खट्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
स्थायी कमिटी बैठक १३ साउनमा बस्नेछ । नेकपामा जारी आन्तरिक विवाद भने अहिले पनि कायमै छ । विवादका कारण नै स्थायी कमिटीको बैठक पटक पटक स्थगित हुँदै आएको छ ।