काठमाडौं– गायिका सोफिया थापाले तीजलाई लक्षित गर्दै एक गीत सार्वजनिक गरिन् । ‘यसपालीको तीज नो ब्रत प्लिज’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत गायिका स्वयम्कै हो । गीत सार्वजनिक भएसँगै हिन्दू जागरण नेपालले आपत्ति जनायो ।
समाजले सार्वजनिक गीतले हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै गीत नै ब्याण्ड गर्नुपर्ने माग राख्यो । यही गीतलाई लिएर हिन्दू जागरण समाजका हिन्दू जागरण नेपाल विद्यार्थी परिषदका अध्यक्ष जगन्नाथ सुवेदीले गायिकाका श्रीमान मनोज पण्डित (पण्डित स्थापित चलचित्र निर्देशक हुन्) लाई फोन नै गरेर गीत हटाउन भनेका छन् । पण्डित र सुवेदीकाे संवादमा चर्काचर्की समेत परेको छ ।
सुवेदीले पनि गायिकाका श्रीमान पण्डितलाई फोन गरेर गीत हटाउन भनेका थिए । दुवैले गीतमाथि प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । संवादमा दुवैले कानूनी उपचार खोज्ने बताएका छन् । सुवेदी र पण्डितबीचको फोन संवाद जस्ताको तस्तै-
जगन्नाथ सुवेदी : मैले तपाईंको परिवारको नम्बर खोजेको पाउन सकिन । तपाईंको नम्बर पाएँ । यो गीत ब्याण्ड गनुर्प¥यो । यो गीतले एकदम नराम्रो भयो ।
मनोज पण्डितः यो तपाईंको धारण हो जगन्नाथ सर । यो गीत एकजना महिलाले लेखेको हो । तपाईं पुरुष हुनुहुन्छ । एउटी महिलाले जो हिन्दू धर्ममा विश्वास राख्छिन् ।
जगन्नाथ सुवेदी: तीजको महिमा नै ब्रतको महिमा । ब्रत भएर नै तीजको महिमा छ । ब्रत नै नबस्न भनेर किन भनेको । अरु कुरा ठिक छ । ‘नो ब्रत प्लिज’ भन्ने शब्दले धर्ममाथि प्रहार भयो । संस्कृतिलाई तहसनहस बनाउने खालको सन्देश दिन खोज्यो ।
मनोज पण्डितः एउटा महिलाले अब तीजलाई यसरी रुपान्तरण गरौं भन्दा तपाईं पुरुषलाई किन यस्तो चिन्ता ? तपाईंले ठेक्का लिनु भएको छ ?
जगन्नाथ सुवेदी: म हिन्दू हुँ मलाई आघात पुग्यो ।
मनोज पण्डितः मेरो श्रीमती पनि हिन्दू हो । उसले आफ्नो धर्मका बारेमा बोल्न नपाउने । तपाईंको मात्रै ठेक्का हो ? हिन्दू धर्म तपाईंको मात्रै ठेक्का हो ?
जगन्नाथ सुवेदी: सबैको ठेक्का हो । बोल्ने भन्दैमा जे मन लाग्यो त्यही गर्न त पाइएन नि ।
मनोज पण्डितः तपाईंलाई जति अधिकार छ हिन्दू धर्मका बारेमा बोल्ने । उनलाई पनि त्यति नै अधिकार छ ।
जगन्नाथ सुवेदी: धर्मको विषयमा तपाईं मनलाग्दी बोल्न पाउनु हुन्छ ?
मनोज पण्डितः तपाईं पुरुष हुनुहुन्छ । एउटी महिलाले अब तीजमा म यस्तो गर्छु भन्दा किन चित्त दुख्ने ? तपाईंको लागि तपाईंको श्रीमतीले ब्रत किन बस्ने ।
जगन्नाथ सुवेदी: मेरो लागि ब्रत बस्नु पर्दैन ।
मनोज पण्डितः त्यसो भए किन डिफेण्ड गर्दै हुनुहुन्छ ?
जगन्नाथ सुवेदी: ‘नो ब्रत’ भन्ने शब्द किन राखियो ? तीजको महिमा नै ब्रतको लागि छ । धर्म माथि आघात पुगेन ?
मनोज पण्डितः तीजको अर्थनै ब्रत हो । जहाँ महिलाले श्रीमानको लागि पानी नखाई ब्रत बस्नु परेको छ । जुन कुरा अब एउटी महिलालाई ठिक लागेन । उनले यही कुरा परिवर्तन गरौं भनेकी हुन् ।
जगन्नाथ सुवेदी: अरु कुरा ठिक छ । ‘नो ब्रत’ भन्ने शब्द काट्नै पर्छ । हिन्दू धर्म संरक्षणका लागि हिन्दू जागरण नेपालले विगत १० वर्षदेखि आवाज उठाइरहेको छ । यस्ता गीत त कति डिलिट गरियो गरियो ।
मनोज पण्डितः महिलाले चाहिँ महिलाको अधिकारको विषयमा बोल्दा पुरुषलाई तनाव चाहिँ किन हुन्छ ? भन्नुस् त ।
जगन्नाथ सुवेदी: म हिन्दू भए भएर तनाव भएको हो । यहाँ महिला पुरुषको कुरै छैन । तपाईंको सोच महिलाले मात्रै ब्रत बस्नु पर्छ भन्ने छ । महिला पुरुष दुबै ब्रत बसौं भनेर गीत एडिट गर्न लगाउनुहोस् । तपाईं गाउनुहोस् । ‘नो ब्रत’ भनेपछि धर्म सकिएन ? धर्ममाथि आघात पुग्यो नि ।
मनोज पण्डितः धर्म भनेको के हो ? एउटा गीतले ब्रत नबसौं भन्दैमा सकिन्छ धर्म ? त्यति कमजोर हुन्छ धर्म ? धर्म वस्तु हो ?
जगन्नाथ सुवेदी: संस्कृतिमाथि आघात पु¥याउनु भयो नि । तपाईंलाई मुद्दा लाग्छ ।
मनोज पण्डितः संस्कृति के हो ? मान्छेको अवधारणा हैन । समय अनुसार परिवर्तन हुन्छ ।
जगन्नाथ सुवेदी: समय अनुसार हुँदैन । समय परिवर्तन भयो भन्दैमा हिजो एकतिरबाट खाने, आज अर्को तिरबाट खाइदैन ।
मनोज पण्डितः खाने र धर्मबीच फरक छ सर ।
जगन्नाथ सुवेदी: तपाईंले कुरै बुझ्नु भएन ।
गायिका सोफिया थापाले गीतलाई लिएर धम्की आएको भन्दै प्रहरीमा उजुरी दर्ता गरेकी छिन् । आफूलाई पटक–पटक फरक–फरक नम्बरबाट फोन गरेर भौतिक आक्रमण गर्नेसम्मको चेतावनी दिएपछि आफूले बुटवल र काठमाडौं प्रहरीमा लिखित उजुरी दिएको बताएकी छिन् ।
जगन्नाथ सुवेदी:तपाईं जे मन लाग्यो त्यही गर्ने ?
मनोज पण्डितः हिन्दू धर्मलाई तपार्इंको मात्रै हो भन्ने नठान्नोस् । हरेक मान्छेको मनमा बसेको धर्म हो । मान्छेको विचार हो । समयानुकल परिवर्तन हुनु पर्छ ।
जगन्नाथ सुवेदी: मुस्लिमहरु महिनादिनसम्म ब्रत बस्छन् कोही बोल्न सक्दैनन् । क्रिस्चियनका विषयमा कोहि चुँइक्क गर्न सक्दैन । क्रिस्चियनले धर्म परिवर्तन गरेर देशको संस्कृतिमा उथलपुथल गरिराछ त्यसमा कोही कुरा गर्न सक्दैनन् । हिन्दू धर्ममा नै सबैले आघात पु¥याउनु पर्छ त ?
मनोज पण्डितः हो हिन्दू धर्म अब विकास भयो, सुध्रियो भने कसैले केही गर्न सक्दैन । हामी सुध्रिनु पर्छ । हामी जड हुनु हुँदैन । जडताले गर्दा यस्तो भएको हो ।
जगन्नाथ सुवेदी: ठिक छ सूचना तथा सञ्चार मन्त्रालयमा तपाईंको परिवारमाथि उजूरी गर्छु ।
मनोज पण्डितः गर्नुस ।
जगन्नाथ सुवेदी: म मुद्दा पनि दायर गर्छु । त्यसपछि त्यहि आएर टक गरौंला । तपाईंले बुझ्नु भएन ।
मनोज पण्डितः तपाईंले फोन गरेर धम्की दिएर म एकै छिनमा गल्छु भन्नु भयो ।
जगन्नाथ सुवेदी: मैले धम्की दिएको होइन । तपाईंले गरेको गीत धर्ममाथि प्रहार भयो भनेर सम्झाईरहेको छु ।
मनोज पण्डितः सुन्नुहोस्, तपाईं कला र साहित्यप्रति यसरी धम्की दिन सक्नुहुन्छ ? धर्मको ठेक्का लिएको छु भन्दैमा कला साहित्यमाथि बन्देज लगाउन खोज्ने ?
जगन्नाथ सुवेदी: धर्म माथि आघात पुगेको भनेर सम्झाउन खोजेको मात्रै हो ।
मनोज पण्डितः आघात ? के आघात पुगेको छ ?
जगन्नाथ सुवेदी: ‘नो ब्रत’ प्लिज भन्दा अघात पुगेन ?
मनोज पण्डितः तपाईंलाई आघात पुगेको नो खुट्टाको पानीले हो । महिलाले खुट्टाको पानी खानु पर्छ....
जगन्नाथ सुवेदी: होइन... होइन । म आफ्नो श्रीमतीको लागि तीजको ब्रत बसिरहेको छु । तपाईं बस्न सक्नु भएको छैन होला ।
मनोज पण्डितः मेरो घरमा श्रीमानको लागि श्रीमतीले, श्रीमतीको लागि श्रीमानले ब्रत बस्नु पर्छ भन्ने नै छैन । म त्यो मान्दै मान्दिनँ ।जगन्नाथ सुवेदी:धर्म संस्कृति माति आघात पुगेको कुरा हो । यसलाई तपाईंहरुले सुधारिदिनुस् ।
सच्याइएको : उल्लेखित फोनवार्ता जगन्नाथ सुवेदीकाे मात्र हाे । यसअघि उल्लेखित हिन्दू जागरण समाजका अध्यक्ष रामकृष्ण उपाध्यायले भने मनाेज पण्डितलाई र गीतको भिडियो अपलोड गर्ने हाइलाइट नेपाललाई समेत फोन गरेर आपत्ति जनाएका थिए । जसको अडियो रेकर्ड भने प्राप्त भएको छैन ।
फोन वार्ता सुन्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
यो पनि पढ्नुहोस्:
धम्की आएपनि गीत नहटाउने गायिका सोफियाको अडान
युट्युबबाट हटाइयो सोफियाको तीज गीत