सुनसरी– नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित आइसोलेसनमा राखेर उपचार गराइरहेका एकको मंगरबार राति ज्यान गएपछि यो संख्या ४१ पुगेको हो ।
मोरङको महोत्तरी गाउँपालिका एक ६० वर्षीय वृद्धको ज्यान गएको अस्पतालले जनाएको छ । यसअघि सोही अस्पतालमा गत साता राजविराजका एक जनाले पनि ज्यान गुमाएका थिए ।
मंगलबार ज्यान गुमाएका वृद्धलाई कोरोना संक्रमणको पुष्टि भएको तीन दिन पछि मात्र अस्पताल ल्याइएको थियो । उनलाई आइसोलेसनमा ल्याउँदा नै अवस्था गम्भीर रहेको अस्पतालले जनाएको थियो ।