कोरोनाभाइरसका कारण अवरुद्द इंडियन प्रीमियर लीग (आईपीएल) अब यूएईमा हुने भएको छ । आईपिएल गवर्निंग काउंसिलका अध्यक्ष बृजेश पटेलले भने, ‘‘हामीले सरकारसँग अनुमती मागेका छौ, त्यसपछी टुर्नामेन्टको अगाडीको योजना तयार गरिनेछ ।’’
आईपीएल गवर्निंग काउंसिलको बैठकले लिगको अन्तिम तालिका तय गर्ने अनुमान गरिएको छ । काउन्सिलका अध्यक्ष पटेलले लिगको तालिका छोाटो बनाउने कुनै मनासय नरहेको स्पष्ट पारेका छन्।
लिगअन्र्तगत ६० वटा खेल हुनेछन् । आईसिसिले टि–ट्वान्टी विश्वकप १ वर्ष सार्ने निर्णय गरेपछी आईपिएलका अध्यक्षले लिगबारे बयान दिएका हुन् ।
सेप्टेम्बरदेखी नोभेम्बरसम्म हुनसक्छ आइपिएल
टि–ट्वान्टी विश्वकट टरेपछी यसपपटकको आईपिएल २६ सेप्टेम्बरदेखी ७ नोभेम्बरको विचमा गर्ने तयारीमा बिसिसिआई जुटेको छ । श्रोतका अनुसार, बिसिसिआईले आईपिएलपछि हुने भारत र अष्टे«लियविच हुने श्रृखंलालाई मध्यनगर गरेर आईपीएलको फाइनलको लागि ७ नोभेम्बरको दिन तय गरिएको हो ।
यसो हुँदा भारतीय टिमले अष्ट्रेलीया भ्रमणको तयारी गर्ने समय पाउनेछ । भारतीय टोलीले अष्ट्रेलीयासँग डिसेम्बरमा ४ वटा टेष्ट म्याच खेल्नेछ ।
फ्रेञ्चाईजीहरूले खोज्न थाले होटल र चार्टर प्लेन
यता, फ्रेंचाइजिहरुले अहिलेदेखी नै यूएई जाने चार्टर्ड प्लेन र त्यहा बस्नका लागि होटल खोज्न शुरु गरिसकेका छन् । एक आईपीएल फ्रेंचाइजीका अनुसार उनीहरुले अबू धाबीमा एउटा होटल हेरीसकेका छन् । साथै टीमको ट्रेनिंगको योजना पनि शुरु भइसकेको छ ।
आईपीएल गवर्निंग काउंसिलको बैठक अघि अहम प्रश्न
- यदि लिगमा ६० खेल भयो भने यसपटक एकदिनमा दुई खेल बढी हुनेछ । (पहिलेको तालिकामा मात ५ दिन दुई खेल हुने तय भएको थियो ।
- कोरोनाको कारण बीसीसीआईले सबै आईपीएल टीमको लागि एउटा ‘‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिजर (एसओपी)’’ जारी गर्नुपर्ने हुन्छ । यद्दपी, सबै टिमहरुले आ–आफ्नो ‘‘एसओपी’’ तयार गर्नेछन् ।
- के लिगको ब्रोडकास्टर स्टार स्पोर्ट्सले भर्चुअल कमेन्ट्री गर्नेछ ? हालसालै दक्षिण अफ्रीकामा भएको थ्रीटीसी इवेंटमा पनि आकाश चोपड़ा, दीप दासगुप्ता र इरफान पठानले घरमै बसेर कमेन्ट्री गरेका थिए । आईपीएलमा पनि यस्तो हुुनसक्छ । एजेन्सीकाे सहयाेगमा