काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बुधबार सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा महाँगो कायम भएको छ । आज सुन प्रतितोला ९४ हजारमा कारोबार भैरहेको सुनचाँदी व्यवसायीक संघले जनाएको छ ।
मंगलबार नेपाली बजारमा सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज एकै दिन सुनको मुल्य १३ सयले बृद्धि भएको हो ।
यस्तै, चाँदीको मूल्य पनि ९५ रुपैयाँले बृद्धि भएको छ । चाँदी प्रतितोला १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।
कोरोना कहरले विश्व अर्थतन्त्रनै धरासायी भएका कारण लगानीकर्ताले आफ्नो लगानी सुरक्षित गर्न सुनचाँदीमा आकर्षित भएका कारण भाग महँगो भएको सुनचाँदी व्यवसायी महासंघका मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यको भनाई छ ।