कर्णाली– मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारबाही गर्दा करिब १ लाख राजस्व संकलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले दुई सातामा १ हजार ५९ जनाबाट सो राजस्व संकलन गरेको हो ।
गृह मन्त्रालयले २२ असारमा सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई एक सय जरिमाना गर्न निर्देशन दिएको थियो । यसपछि प्रहरीले मास्क नलगाई घर बाहिर निस्कने व्यक्तिलाई कारबाही गरेको हो ।
सुर्खेतका सहायक प्रजिअ भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीस्वरुप जरिमाना तिराइएको बताए ।