काठमाडौं– पछिल्लो २४ घण्टामा सय जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएको संख्यासहित नेपालमा कुल १८ हजार ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार देशभरका २८ प्रयोगशालामा ३ हजार ७ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्येबाट सय जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण दर २ देखि ३ प्रतिशत मात्रै रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशका विभिन्न आइसोलेसनमा ५ हजार ३ सय ७० जना उपचाररत छन् ।
बुधबार २ सय ७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।