चितवन– नारायणी र राप्ती नदीमा पाँच जनाको शव फेला परेको छ । नदी किनारमा तैरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जनाएका छन् ।
भरतपुर महानगरपालिका–१ ठिमुरामा अन्दाजी १५ वर्षीया बालिका र ५५ वर्षीय एक पुरुष शव फेला परेको हो । त्यस्तै, भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय कर्णबहादुर सुनारको शव आज फेला परेको छ । उनी मंगलबारदेखि बेपत्ता थिए ।
भरतपुरकै गैंडाचोकस्थित नारायणी किनारमा अन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिकाको बूढी राप्ती अन्दाजी ५० वर्षीय पुरुषको शव भेटिएको छ ।
शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रवक्ता थापाले जानकारी दिए । –रासस