रासस - कोरोनाका कारण प्रतियोगिताहरु नभएपछि आर्थिक समस्यामा परेका फुटबल खेलाडीलाई राहत रकम बाँडिएको छ ।
अखिल नेपाल फुटबल सङ्घको सहयोगमा जिल्ला फुटबल सङ्घ बागलुङले १५ जना व्यावसायिक खेलाडी र चार जना अफिसियललाई रु. चार हजारका दरले बुधबार राहत प्रदान गरेको हो ।
राहत रकम वितरण गर्दै गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले खेलकूद क्षेत्र समृद्धि र प्रगतिको आधार भएको बताएका थिए ।
जिल्ला लिगसहित ए, बी र सी डिभिजन लिग खेलेका खेलाडीलाई मात्र राहत दिइएको सङ्घका जिल्ला अध्यक्ष रामराज गुरुङले बताए ।
खेलाडी र अफिसियलाई रुं. ७६ हजार राहतमा खर्च गरिएको थियो । राहत रकमको चेक बुझेपछि खेलाडीले खुशी व्यक्त गरेका थिए ।