रासस - नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी परिचयपत्र वितरण थालेको हो । गत वैशाखदेखि नै वितरण कार्य सुरु गर्ने लक्ष्य रहे पनि कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण रोकिएको थियो ।
सरकारले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको थियो । आगामी दुई वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने लक्ष्यअनुसार ७७ वटै जिल्लाबाट परिचयपत्र सुरु भएको जनाइएको छ ।
हस्तलिखित हस्ताक्षर, दश औँला, औँठा छाप, रेटिनालगायत व्यक्तिको वैयक्तिक र जैविक सूचनालाई आधारिकरुपमा सङ्कलन गरी प्रत्येक नागरिकलाई एक अर्कासँग मेल नखाने गरी परिचय नम्बर प्रदान गरिने प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।
यो आधुनिक प्रविधियुक्त परिचयपत्रले नागरिकलाई हरेक क्षेत्रमा सहज विश्वास गरिएको छ ।