काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्युु हुनेको संख्या ४३ पुगेको छ ।
गत साउन ७ गते वीरगञ्जको नारायणी अस्पतालमा उपचारत ७० वर्षिय वृद्धको मृत्युपछि गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएसंगै मृत्यु हुनेको संख्या ४३ पुगेको हो ।
उनी वीरगञ्ज माइस्थानका बासिन्दा हुन् । वृद्धको मृत्यु भए लगतै गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको उक्त अस्पतालका डा.उदय नारायण सिंहले बताए ।
उनको बुधबार राति आएको रिर्पोटमा कोरोना पोजेटिभ आएको थियो । वृद्धलाई स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।