काठमाडौं - सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख रुपैयाँ नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ ।
सीमा सुरक्षा बल लगदीगदियानीमा खटिएको टोलीले उक्त रकमसहित सिरहा अर्नमा गाउँपालिका–४ का ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको हो ।
भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक प्रवीण कँडेलले बताए ।
पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।