काठमाडौं– विभिन्न कामको सिलसिलमा माल्टामा बस्दै आएका झापावासीले ‘झापा समाज माल्टा’को शाखा बिस्तार गरेका छन् । सन् २०२० जुलाई २१ मा १५ सदस्यी तदर्थ समिति गठन भएको छ । शर्मिला बस्नेतको संयोजकत्वमा गठन भएको समितिमा ३ जनाको सल्लाहकार समिति समेत गठन गरिएको छ ।
समितिमा तेजबहादुर लिम्बुको संयोजकत्वमा नविन गिरी र राजिव दाहाल सल्लाहकार समितिमा चयन भएका छन् ।
कामको सिलसिलमा माल्टामा रहेका नेपालीको समस्यामा आर्थिक, नैतिक तथा मानविय सहयोग गर्ने उद्देश्यले शाखा बिस्तार गरिएको समितिका संयोजक बस्नेतले जानकारी दिईन् । समितिले माल्टामा बस्दै आएका झापालीहरुको काम, दक्षता तथा रुचीका आधारमा उनीहरुको ज्ञान अभिवृद्धि तथा उद्यमशिल गतिविधि गर्न सहजिकरण गर्ने बस्नेतको भनाई छ ।