काठमाडौं– नेपाल–भारत सम्बन्ध इतिहासदेखि नै उत्तारचढावबीच गुज्रिरहको छ । खासगरी विगतमा भएका केही असमान सम्झौताका कारण दुई देशबीचको सम्बन्धमा खटपट हुने गरेको छ ।
प्राकृतिक स्रोतको उपयोगदेखि सैन्य क्षेत्र तथा आन्तरिक राजनीतिमा समेत भारतले खेल्न पाउने गरी नेपालले गरेका कतिपय सम्झौता विवादित छन् । नेपालले भारतसँग गरेका आठ असमान सम्झौता र त्यसले पारेको प्रभाव यस्तो छः
सम्झौता नम्बर १ः सुगौली सन्धि
१८१६ को ब्रिटिस भारत (ईस्ट इन्डिया कम्पनी) र नेपालबीच भएको यो सन्धिलाई नेपालले आत्मसम्मान गिराएर गरिएको सन्धीका रुपमा लिइन्छ । यो सन्धीका कारण नेपालले झन्डै दुईतिहाइ भू–भाग गुमायो । नेपालको सुरक्षा मामिलामा समेत ब्रिटिस–भारतको सुरक्षा छाताभित्रबाट चल्ने र नेपालको हरेक क्षेत्रमा उसकै निगरानी चल्ने भयो । एउटा स्वतन्त्र, स्वाधीन तथा सार्वभौमसत्ता सम्पन्न देश नेपाल सुगौली सन्धिदेखि अर्धऔपनिवेशिक जस्ताृ अवस्थामा गुज्रन वाध्य भएको छ ।
सम्झौता नम्बर २ः गोरखा भर्तीकेन्द्र सन्धि
भारत, बेलायत र नेपालकाबीच सन् १९४७ नोभेम्बरमा भारत र बेलायत दुवैलाई आ–आफ्ना सेनामा नेपाली नागरिक भर्ती गर्ने छुट प्राप्त भएको थियो । यो सन्धिले भारत तथा बेलायतमा रहने नेपाली फौजको तलब, सेवा, सुविधा भारतको अनुरोधमा समान रहने व्यवस्था गरियो ।
सम्झौता नम्बर ३ः कोशी सम्झौता
भारतलाई रिझाउनकै लागि २०११ सालमा नेपाली नागरिकले कोशी क्षेत्रको जमिन, सार्वभौमसत्ता र प्राकृतिक जलअधिकार गुमाउने गरी घातक सम्झौता भएको थियो ।
सम्झौता नम्बर ४ः गण्डक सम्झौता
२०१६ सालमा नेपालको गण्डक नदीको पानी भारतलाई सिंचाई तथा जलविद्युत् आयोजनाका लागि दिँदा नेपाललाई गम्भीर असर पर्ने गरी भएको असमान र देशहीत प्रतिकुलको सम्झौता हो, यो ।
सम्झौता नम्बर ५ः कालापानीमा भारतीय सैनिक तैनाथ
सन् १९६२ मा नेपाल र चीनको सीमानामा पर्ने कालापानीमा भारतीय सैनिक क्याम्प राख्ने सम्झौता भएको थियो । चीनको जासुसी गर्नका लागि भारतले नेपालको कालापानीमा सेनाको क्याम्प खडा गरेको हो । अहिले नेपाल सरकारले उक्त भूमिसहितको नयाँ नक्सा जारी गरेपछि विषय झन् विवादित बनेको छ ।
सम्झौता नम्बर ६ः नेपाल–भारत सुरक्षा सम्झौता
सन् १९६५ मा नेपाल र भारतबीच भएका भारत सरकारले सम्पूर्ण नेपाली सेनालाई आवश्यक पर्ने हातहतियार, गोली, गट्ठा र कलपुर्जाहरूको आपूर्ति गरिदिने, आवश्यक हातहतियार भारतको अनुमतिब्निा अन्यत्रबाट खरिद् वा पैठारी गर्न नपाइने र नेपाली सेनालाई आवश्यक पर्ने सामग्री समेत भारतबाटै ल्याउनु पर्ने सम्झौता भएको थियो ।
सम्झौता नम्बर ७ः महाकाली सन्धि
२०५२ सालमा शारदा बाँध, टनकपुर बाँध र पञ्चेश्वर आयोजनासमेत महाकाली नदीको एकीकृत विकाससम्बन्धी सम्झौता भएको थियो । नेपालको जलसम्पदामाथि भारतलाई मनग्ये खेल्न दिने गरी भएको उक्त सम्झौता राष्ट्रहीत प्रतिकुल छ ।
सम्झौता नम्बर ८ः बिप्पा सम्झौता
नेपालका प्रधानमन्त्री बाबुराम भट्टराईले भारत भ्रमणका क्रममा २०६८ सालमा भारत सरकारसँग लगानी प्रवद्र्धन र संरक्षणका लागि भन्दै विप्पा सम्झौता गरेका थिए । जुन नेपालहीतमा नभएको भन्दै निकै विवादीत विषय बन्यो ।