काठमाडौं– नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले बन्दाबन्दी खुलेपछिको चुनौती सामनाका लागि नयाँ र विशेष रणनीति निर्माण गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् । देउवाले आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर कोरोना संक्रमण न्यूनीकरण र बाढीपहिरो पीडितलाई व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।
देउवाले पिसिआर विधिबाट मात्रै नमुना परीक्षण गर्न र संक्रमण रोकथामका लागि युद्धस्तरमा काम गर्न आग्रह गरेका हुन् । त्यस्तै, उनले क्वारेन्टिनहरु अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएको भन्दै आपत्तिसमेत जनाएका छन् ।
देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार र बाढीपहिरो पीडितलाई राहत दिन तथा व्यवस्थापन गर्न युद्धस्तरमा लाग्न अनुरोध गरेका छन् ।