झापा– झापाका विभिन्न स्थानमा पहिरोमा परेर तथा डुबेर १७ जनाको मृत्यु भएको छ । असार १० गतेबाट सुरु भएको वर्षाका कारण झापामा मात्रै १७ जनाले ज्यान गुमाएका हुन् ।
भद्रपुरमा बुधबार मात्रै ३ बालकको डुबेर मृत्यु भयो । योसहित झापामा बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार भद्रपुर नगरपालिका–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश तामाङ, उनीसँगै खेल्न गएका कमला थामीका छोरा १४ वर्षीय करण र उनका भाइ १२ वर्षीय अर्जुन बेपत्ता भएका छन् । राति २ बजेसम्म खोजी गर्दा उनीहरु नभेटिएको सीमा प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ । –रासस