काठमाडौं– दरबारमार्गका व्यवसायीले घरभाडा छुटका लागि दरबारमार्ग विकास बोर्डमा निवेदन दिएका छन् । व्यवसायीले कोराेना महामारीका कारण व्यवसाय ठप्प भएकाले घरभाडा छुट गरिदिन बोर्डमा निवेदन दिएका हुन् ।
बिइङ ह्युमनका सञ्चालक राजु थापाले बोर्डमा निवेदन बुझाएको जानकारी दिए । ‘हामीले हाम्रो माग बुझाएका छौँ । यसको जवाफ भोलि आउनेछ ।’
निवेदनमा लेखिएको छ, ‘घरधनी र व्यवसायीबीच घरभाडासम्बन्धी आवश्यक छुट गराउन र व्यवसायमा सहुलियतका लागि सरकारसँग लबिङ गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’
बोर्डमार्फत गरिने घरधनीसँगको छलफलबाट व्यवसायीको हितमा निर्णय हुने अपेक्षा गरिएको छ ।
