काठमाडौं– नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ । आज नेपाल पुनर्बिमाको ११ करोड ३२ लाख ३९ हजार ६ सय ७९ रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको १० करोड २९ लाख ५६ हजार ८५३, शिखर इन्स्योरेन्सको ८ करोड ५ लाख १८ हजार ८ सय ९६, एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको ७ करोड ७० लाख ४ हजार ९५ र एनएमबी बैंकको ६ करोड ३२ लाख २२ हजार ६९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज नेप्से परिसूचक १०.१३ अंकले बढेर १ हजार ४४२.६१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.७४ अंकले बढेर ३०३.९० मा पुगेको छ । आज कुल १ सय ८७ कम्पनीका ३३ लाख ९२ हजार ९ सय ६९ कित्ता सेयर १ अर्ब ३२ करोड ७१ लाख ३५ हजार २ सय १८ मा खरिदबिक्री भएको छ ।