ललितपुर– अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–२४ धापाखेलका सात घर जोखिममा परेका छन् । यीमध्ये पहिराले दुई घर भत्किएकाे महानगरपालिकाले जनाएको छ ।
महानगरपालिका उपप्रमुख गीता सत्यालले भनिन्, ‘वडा–२३ धापाखेलको अर्को टोल पानीले डुबाउँदा यहाँका स्थानीयलाई समस्या परिरहेको छ ।’
जोखिममा परेका घरपरिवारलाई के गर्ने भन्ने विषयमा महानगरपालिकामा छलफल गरी त्यसैअनुसारको कदम अघि बढाइने सत्यालको भनाइ छ । –रासस