काठमाडौं– न्यायालयले बन्दाबन्दीको समयलाई शून्य अवधि’ मानेको थियो । शून्य अवधि सम्बन्धित जिल्लामा आजदेखि नै सकिएको छ भने अन्तरजिल्लामा आगामी १ भदौदेखि सकिनेछ ।
सरकारले लामो दूरीको यातायात पूर्णरुपमा आगामी १ भदौदेखि सञ्चालनमा आउने भनेको छ । सोहीअनुसार अन्तरजिल्लामा शून्य अवधि सकिएको मानिनेछ ।
‘उपत्यकाका हकमा बन्दाबन्दी अन्त्य भएको छ, आजदेखि शून्य अवधि सकिएको मानेर ३० दिनको समय म्याद तथा हदम्यादका लागि दिने निर्णय गरेको छ,’ प्रवक्ता पोखरेलले भने, ‘अन्तरजिल्लाको हकमा भने आगामी १ भदौदेखि मात्र सो नियम लागू हुनेछ ।’ –रासस