एजेन्सी - कुकुरले सुँघेरै कोरोना भाइरस भए नभएको पत्ता लगाउने जर्मन वैज्ञानिकहरुले दाबी गरेका छन् ।
जर्मनीको युनिभर्सिटी अफ भेटेरिनरी मेडिसिन र जर्मन सेनाको सहयोगमा कुकुरलाई एक हप्ताको तालिम पश्चात कुकुरले सुँघेरै कोरोना भाइरस पत्ता लगाएको बीबीसीले बताएको छ ।
युनिभर्सिटी र सेनाले ८ वटा कुकुरलाई तालिस दिएका थिए । जसमा कोरोना भएको मानिस र नभएको मानिसको स्वाब सुध्न लगाइएको थियो ।
उक्त कुकुरहरुले ९४ प्रतिशत राम्रो नजिता ल्याएका थिए । अहिले थप कुकुरहरुलाई तालिम दिने तयारी भइरहेको र ति कुकुरहरुलाई रंगशाला र एयरपोर्टमा राखिने बताइएको छ ।