काठमाडौं– पछिल्लो समय कलाकारहरुले जन्मदिन विभिन्न तरिकाले मनाउने गरेका छन् । जन्मदिनको अवसर पारेर समाज सेवा गर्ने कलाकारहरु पनि दिन प्रतिदिन बढ्दै गएका छन् ।
कलाकार अनुपविक्रम शाहीले पनि आफ्नो ३५औँ जन्मदिनको अवसर पारेर ६ थान ल्याप्टप अनाथ बालबालिकालाई वितरण गरेका छन् । टोखास्थित ‘हाम्रो बाल संरक्षण धरोहर’ नेपालमा रहेका बालबालिकाका लागि उनले ६ थान ल्याप्टप वितरण गरेका हुन् ।
शाहीले आफ्नो जन्मदिनको केक पनि सोही बालआश्रमका बालबालिकासँग काटेका छन् । विगत ४५ महिनादेखि विभिन्न खाले बालबालिकासँग जोडिएका अनुपले उनीहरुको शिक्षमा सहजताका लागि ल्याप्टप वितरण गरेको बताएका छन् । ३० जना बालबालिका रहेको उक्त बालआश्रममा नेट जोड्ने प्रबन्ध पनि मिलाउँदै गरेको अनुपले बताएका छन् ।