वीरगन्ज– वीरगन्जमा एक कोरोना संक्रमितको मृत्यु भएपछि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । वीरगन्ज–११ की ८५ वर्षीयाको कोरोनाका शुक्रबार नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना भाइरस समुदायमा फैलिएको भन्दै निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले बताएको छ । साउन १० गते बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा हुने भएको छ ।
बुधबार वीरगन्जका ७० वर्षीय वृद्धको कोरोनाका काराण निधन भएको थियो । वीरगन्ज स्थानीय प्रशासनले राजनीतिक दल, व्यवसायीसहितको सर्वपक्षीय बैठकबाट कर्फ्यु लगाउने निर्णय भएको हो ।