काठमाडौं– नेपालमा आज १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३ हजार ९ सय ८७ जनाको नमुना परीक्षण गर्दा १ सय ३३ जनामा कोराना संक्रमण पुष्टि भएको जानकारी दिए ।
त्यस्तै, आज काठमाडौंमा आज १० जना संक्रमित थपिएका छन् । डा. गौतमका अनुसार टेकुमा गरिएको परीक्षणबाट पाँच र शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म १२ हजार ९ सय ४७ जना डिस्चार्ज भएका छन् ।