काठमाडौं– त्रिभुवन विश्वविद्यालयले लकडाउनका कारण व्यवस्थापन संकायका स्थगित परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिविले स्नातकोत्तर तहको परीक्षा भदौको दोस्रो साता र स्नातक तहका प्रथम, तेस्रो, पाँचौँ र सातौँ तहका सत्रान्त परीक्षा भदौको तेस्रो सातादेखि सञ्चालन गर्ने भएको छ ।
सूचनामा लेखिएको छ, ‘स्नातकोत्तर तहको परीक्षाहरूको सन्दर्भमा २०७७ भाद्र दोस्रो हप्तादेखि र स्नातक तहका प्रथम, तेस्रो, पाँचौँ तथा सातौँ तहका सत्रान्त परीक्षाहरु भाद्र तेस्रो हप्तादेखि सञ्चालन गरिनेछ ।’
परीक्षा तालिका व्यवस्थापन संकाय डिनको कार्यालयले वेबसाइटमा पछि प्रकाशन गर्ने जनाएको छ ।