काठमाडौं– अनेरास्ववियुले विद्यार्थी संगठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिकाबारे निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ । आज अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विद्यार्थीसँग छलफल गरेर मात्र पढाइ र परीक्षाको कार्यतालिका सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
‘घर गएका विद्यार्थी शिक्षण संस्थामा फर्कने समय र परीक्षाको न्यूनतम तयारीको समयलाई पटक्कै ख्याल नगरी सार्वजनिक गरिएको परीक्षा तालिका अव्यावहारिक र असान्दर्भिक छ,’ उनले भने, ‘परीक्षा र पठनपाठन छिटो गर्ने नाममा न्यूनतम व्यावहारिक पक्षलाई हेक्का नराखी गरिएको अव्यावहारिक निर्णय तत्काल स्थगत गर्न आग्रह गर्दछौं ।’
उनले विद्यार्थीको कोभिड–१९ परीक्षण निःशुल्क गर्न माग गरेका छन् ।