काठमाडौं, २ फागुन – प्रणय दिवस, अथात् भ्यालेन्टाइन्स डेको उल्लासमा रमाइरहेको काठमाडौंमा बिहीबार ओरिगानो भ्यालेन्टाइन नाइट फेशन शोको आयोजना गरिएको छ।
आयोजक एवं कार्यक्रम व्यवस्थापक पुरुषोत्तम मल्लिकका अनुसार युवाहरुको फेशनतर्फको रुचि अभिबृद्धि गर्ने उद्देश्यले प्रणय दिवसको अवसर पारेर ओरिगानो भ्यालेन्टाइन नाइट फेशन शो गरिएको हो।
जेबिआर एजेन्सीले भ्यालेन्टाइन्स डेका अवसरमा आयोजना गरेको ‘ओरिगानो भ्यालेन्टाइन नाइट फेशन शोको आयोजना गर्न लागेको हो।
आयोजक एजेन्सीका प्रबन्ध निर्देशक अनुसार युवाहरुमा रहेको फेशनप्रतिको मोहलाई उजागर गर्ने उद्देश्यका साथ शोको आयोजना गरिएको हो।
कार्यक्रममा शोज् टपर नायक नाजिर हुसेन, नायिका स्वस्तिमा खड्का र म्यान हण्ट नेपालका विजेता ध्रुब बुढाथोकी रहेको थिए।
डिजाइनरहरु अञ्जना घिमिरे र निधी प्रधान उपस्थित कार्यक्रममा १६ जना जना प्रतियोगीहरुको प्रस्तुति रहेको थियो।