एजेन्सी - पेरिस सेन्ट जर्मेन (पीएसजी) कोपा डि फ्रान्सको च्याम्पियन बनेको छ ।
शुक्रबार राति भएको खेलमा सेन्ट इटिनेलाई १–० गोलले पराजित गर्दै पीएसजीले उपाधी चुमेको हो ।
यो संगै पीएसजीले कोपा डि फ्रान्स १३ औं पटक जित्न सफल भएको छ ।
स्टेट डि फ्रान्स पेरिसमा भएको खेल पीएसजीका फरवार्ड नेयमारले खेलको १४ औं मिनेटमा गोल गरेको गोल नै निर्णायक बन्यो ।
खेलको ३१ औं मिनेटमा सेन्ट इटिने १० खेलाडीमा सिमित रहँदा पनि पीएसजीले थप कुनै गोल भने गर्न सकेन ।
सेन्ट इटिनेका खेलायी लोइक पेरिनले केलियन एमबाप्पेमाथि प्रहार गरेपछि उनी रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
बाकीँ रहेको समयमा कुनै गोल गर्न नसक्दा सेन्ट इटिने उपाधी चुम्नबाट चुक्यो ।