काठमाडौं - जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने गोसाइँकुण्ड मेला स्थगित भएको छ ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोरोनाको सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने सरकारको निर्णयलाई पालना गर्दै यही साउन १५ गतेदेखि १९ गतेसम्म लाग्ने जनैपूर्णिमा धार्मिक मेला स्थगन गरिएको हो ।
प्रत्येक वर्ष गङ्गा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला लाग्ने परम्परा रहिआएको छ ।
कोरोना सङ्क्रमणका कारण गत जेठ महिनाको दशहरा पर्वसमेत प्रभावित भएको थियो । रासस