पेरिस– फ्रान्समा कोरोना परीक्षणविना आगन्तुकलाई प्रवेश गर्न नदिने व्यवस्था लागु गरिएको छ । प्रधानमन्त्री जेन कस्टेक्सले आगामी १ अगस्टदेखि यो व्यवस्था लागु हुने जानकारी दिएका छन् ।
उनका अनुसार अमेरिका, ब्राजिल, भारत, अल्जेरिया, बहराइन, इजरायल, दक्षिण अफ्रिका, कुवेत, कतार, युएई, ओमन, पनामा, पेरु, सर्बिया, टर्की र मडागास्करबाट आउने यात्रुलाई परीक्षण अनिवार्य गर्न लागिएको हो । ‘ती देशहरुमा परीक्षण नगर्ने रणनीति लिइएको छ । त्यसैले परीक्षण गर्नुपर्ने व्यवस्था गर्न लागिएको हो । यो कार्यान्वयन गर्न धेरै गाह्रो छ भन्ने हामीलाई थाहा छ । तैपनि गर्ने निर्णयमा पुगेको छौं,’ उनले भने ।
फ्रान्समा शुक्रबारसम्म १ लाख ८० हजार ५ सय २८ जना कोरोना संक्रमित छन् । तीमध्ये एकै दिन १ हजार १ सय ३० जना थपिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाका कारण फ्रान्समा ३० हजार १ सय ९२ जनाको मृत्यु भएको छ ।