नयाँदिल्ली– भारतमा एकै दिन ४८ हजार ९ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा करिब ४९ हजार संक्रमित थपिएका हुन् ।
भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ३६ हजार ८ सय ६१ पुगेको छ । तीमध्ये ४ लाख ५६ हजार ७१ सक्रिय संक्रमित छन् । ८ लाख ४९ हजार ४ सय ३१ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ७ सय ५७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ३१ हजार ३ सय ५८ पुगेको छ ।