काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । ज्वरो आएपछि गरिएको पीसीआर परिक्षणको नतिजा पोजेटिभ देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
संक्रमण पुष्टि भएका कर्मचारी सञ्चार तथा सवारी शाखामा काम गर्ने कर्मचारी हुन् ।
पीसीआर रिपोर्ट पोजेटिभ आएका कर्मचारीको स्वाब संकलन गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको छ ।