विराटनगर– देशका विभिन्न स्थानमा कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि दर बढ्दो छ । आईतबार बिहान मात्रै प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैबिच, प्रदेश १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रहरीका प्रवक्ता एसपी दीपक पोखरेलले विराटनग र धरानमा गरिएको परिक्षणमा केहिमा कोरोना संक्रमण देखिएको भन्दै संख्या उल्लेख गर्न चाहेनन् । सबै विवरण आइनसकेकाले आफू संक्रमितको संख्याका बारेमा बुझ्दै रहेको बताएका छन् ।
यसअधि पूर्वी नाका काँकरभिट्टामा कार्यरत १८ जना सशस्त्र प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।