सप्तरी– सप्तरीमा एक न्यायाधीसमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको कोरोना परिक्षणमा उच्च अदालत जनकपुरधाममा राजविराजको इजलासमा काम गर्ने न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबारनै गरिएको परिक्षणमा सप्तरीमा एक जना प्रहरी जवान सहित ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यसअघि उच्च सरकारी वकील कार्यालयका प्रमुखमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि सरकारी वकीलको कार्यालय र अदालतका न्यायाधीश तथा कर्मचारीको स्वाब संकलन गरिएको हो ।
अन्य कर्मचारीको भने रिपोर्ट आउन बाँकी छ । यो सँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।