एजेन्सी - इटालियन क्लब युभेन्टस इटालियन सिरी ‘ए’ को विजेता बनेको छ ।
आइतबार राति भएको खेलमा साम्पडोरियालाई २–० गोलले हराउँदै युभेन्टसले लगातार नवौं सिजनको उपाधी माथि कब्जा जमाएको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नरडेस्चीले एकएक गोल गरेका थिए ।
खेलमा रोनाल्डोले पहिलो हाफमा थपिएको सातौ मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । त्यस्तै फेडरिको बर्नरडेस्चीले ६७ औं मिनेटमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए ।
साम्पडोरिया मोर्टेन थोर्सवीले ७७ औं मिनेटमा मिरालेम प्यानिचमाथि फउल गरेपछि साम्पडोरिया १० खेलाडीमा सिमित भएको थियो । खेलको ८८ औं मिनेटमा युभेन्टसका एलेक्स सान्द्रोलाई डिपाओलीले पेनाल्टी बक्समा लडाएपछि युभेन्सले पेनाल्टी पायो ।
यद्दपी उक्त अवसरलाई रोनाल्डाले सदुपयोग भने गर्न सकेनन् ।
यो संगै लिगमा २ खेल खेल्न बाकीँ रहेको युभेन्टस ३६ खेलबाट ८३ अंकसाथ विजयी भएको छ । लिगमा १५औं स्थानमा रहेको साम्पडोरिया को ४१ अंक रहेको छ ।