एजेन्सी - महिनावारीको समयमा सामान्य पेट दुख्नु स्वाभाविक नै मानिन्छ ।
तर कसैलाई पिरियडको समयमा अत्याधिक पेट दुख्ने हुन्छ, जसले उसको दैनिकीमा असर पार्ने पर्छ ।
महिनावारीको सयममा हुने यी पीडाका कारण करिब ८० प्रतिशत महिला चिन्तित हुन्छन् ।
यस्तो समस्याबाट पीडित महिलाहरूले दैनिक २ कप जति दही सेवन गरेमा करिब ४८ प्रतिशतमा पीडा कम हुने एक अध्ययनले देखाएको छ ।
दहीमा पाइने क्याल्सियम तथा अन्य खनिज पदार्थले मानिसको हार्मोनहरू (इस्ट्रेजेन र प्रोजेस्ट्रोन) को सन्तुलन कायम गर्ने काम गर्छ ।
साथै दहीले शरीरको स्नायुहरूलाई पनि निस्क्रिय बनाउन मद्दत गर्छ ।
दहीको नियमित सेवनले मानसिक तनाव पनि कम हुने वैज्ञानिकहरुले बताएका छन् ।