काठमाडौं - जुम्ला जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित पनि आइतबार निको भएर घर फर्केपछि जुम्ला सङ्क्रमण मुक्त भएको हो ।
सङ्क्रमित शून्य भएपछि कोभिडविरुद्धको अभियानमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई आइतबार सम्मान गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा कोरोनाविरुद्ध लड्ने प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो ।
त्यस्तै ६९ जना सङ्क्रमित मानिस निको भएर घर फर्केका छन् । - रासस